काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आज विराटनगरमा पत्रकारहरूसँग सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् । उनले पत्रकार महासंघले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू […]

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आज विराटनगरमा पत्रकारहरूसँग सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् ।

उनले पत्रकार महासंघले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारहरूलाई आग्रह गरे ।

उनले पत्रकार हरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले काठमाडौँमा भएको तथाकथित आन्दोलन, आन्दोलन नभएर लुटपाट गर्ने शृङ्खला मात्र भएको बताए । उनले आपराधिक मनस्थितिबाट गरिएको आन्दोलन लाई सबैतिरबाट विरोध गर्नुपर्ने बताउँदै पत्रकारहरूको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।

आतङ्ककारी स्टाइलमा प्रहरी र पत्रकारमाथि गरिएको आक्रमण सभ्य समाजमा क्षम्य नहुने उनले बताए । नेपाल पत्रकार महासंघले पत्रकारहरूको सुरक्षाको माग गर्दै मुख्यमन्त्री कार्कीलाई आज बिहान ज्ञापन पत्र बुझाएको थियो।

नेपाल पत्रकार महासङ्घ कोशीका केन्द्रीय सदस्य कमल रिमाल कोशीका अध्यक्ष भरत खड्का ,जिल्ला अध्यक्ष सुशीला पाठक लगायतका महासंघका पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाउँदै पत्रकारहरूको पेशागत सुरक्षा र जीवन रक्षाको माग गरेका थिए ।

Prev Article
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा निवेदन दिए
Next Article
स्ववियू अध्यक्षज्यू ! नेतृत्वले केवल इतिहास नलेखोस्, परिवर्तनको चेतना फैलाओस्

Related to this topic:

School post

Recent Blog

Latest book

Latest video